२०७८ माघ ९ गते आइतवार

कार्यविधि अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्न दाङ प्रशासनको आग्रह



 

२० जेठ, दाङ – जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य ओसारपसार कार्यविधि अनुसार नै नदीजन्य पदार्थ ढुवानी गर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरणजीवी रानाले आज(विहिवार) सार्वजनिक सुचना जारी गदै नदिजन्य पदार्थ ब्यबस्थापन कार्यबिधि २०७५ को दफा १३ (१) ङ बमोजिमको तोकिएको समय सिमाभित्र मात्रै नदीजन्य पदार्थ ओसारपसार गर्न आग्रह गर्नु भएको छ । उच्च अदालत तुलसीपुरले गएको मंगलवार प्रशासनको नाममा अन्तरिम आदेश जारी गदै कार्यविधि अनुसार नै नदीजन्य पदार्थ बोकेको सवारी साधानहरु सञ्चालन गर्न तथा चलाउन दिनु, चलाउन लगाउन भनेको थियो ।

नदीजन्य पदार्थ ओसारपसार र ढुवानी कार्यविधि अनुसार शहर वा वजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेको सवारी साधन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन नपाईने व्यवस्था छ । तर गएको जेठ १४ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी लकडाउनलाई मध्येनजर गदै स्थानिय तहको अनुमतीमा नदीजन्य पदार्थ ढुवानीका लागी विहान ९ बजेदेखी बेलुका ६ बजे सम्म समय निर्धारण गरेको थियो ।

यस्तैगरी चुन ढुङगा ढुवानीका लागी होलेरीतर्फ विहान ९ बजेदेखी बेलुका सात बजे सम्म र बंगलाचुली तर्फ बेलुकी ६ बजेदेखी राती १२ बजेसम्म समय निर्धारण गरिएको थियो । यस विरुद्ध उच्च अदालत तुलसीपुरमा परेको रिट निवेदन माथी सुनुवाई गदै अदालतका मुख्यन्यायधीस निता गौतम दिक्षितको एकल ईजलाशले १५ दिन भित्र लिखित जवाफ पेश गर्न अल्पकालिन आदेश जारी गरेको थियो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्