२०८० असोज १७ गते बुधवार

लुम्बिनी प्रदेश सरकारले कोभिड केन्द्रीत बजेट ल्याउँदै



२० जेठ, दाङ – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा विनियोजन बजेटलाई कोभिड केन्द्रित बनाउने भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी वर्षको बजेटले कोभिडले थला परेको आर्थिक क्षेत्रलाई सहयोग गर्ने र स्वास्थ्य सुविधालाई जनताको पहुँचमा पुर्याउने गरी बजेट विनियोजन गरिने उल्लेख गर्नुुृभयो।

प्रदेश सभाको सुरु भएको ८ औं अधिवेशन तथा दोस्रो बैठकमा आर्थिक वर्ष २०७८ को विनियोजन विधेयक प्रस्तुत गर्दै उनले रोजगारीका अवसरहरु वृद्धि गर्ने तथा महामारीले थला पारेको आर्थिक क्षेत्रलाई उकासने गरी ११ वटा प्राथमिकताहरु निर्धारण गरिएको जानकारी गराउनुुभयो।

मन्त्री चौधरीले आर्थिक कार्यविधिको दफा ९ अनुसार बजेट प्रस्तु हुनुभन्दा १५ दिन अगाडी संसदमा विधेयक प्रस्तुत गर्नु पर्ने नियमानुसार विनियोजन विधेयक प्रस्तुत गर्नुुभएको हो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्