२०७८ माघ १३ गते बिहिवार

दाङमा सर्पको डसाईबाट तिन वर्षमा १८ जनाको मृत्यु



२० बैशाख,घोराही –
दाङमा सर्पको डसाईबाट वितेको ३ वर्ष १८ जनाको मृत्यु भएको छ । जिल्लामा सर्पदंशबाट मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढुदै गएको पाईएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र घोराहीको तथ्याङक अनुसार प्रत्येक वर्ष सर्पदंशका कारण ज्यान गुमाउनेको संख्यामा बृद्धि भएको छ । आर्थिक वर्ष ०७४/७५ मा २ जनाको मृत्यु भएको छ । यस्तैगरी आर्थिक वर्ष ०७५/०७६ मा ३ जना र ०७६/७७ मा १३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

सर्पदंशका कारण ज्यान गुमाउनेमा धेरै देउखुरी उपत्यकाका नागरिक रहेका छन् । जिल्लामा सर्पदंशको उच्च जोखिम क्षेत्र मानिएको देउखुरी क्षेत्रमा सर्पदंशका कारण मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको छ । देउखुरी क्षेत्रलाई मध्येनजर गदै गढवामा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ । यस्तैगरी लमही नगरपालिकाले पनि सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले आफनै लगानीमा उपचार केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख कुल बहादुर केसीले जानकारी दिनुभयो । वर्षेनी सर्पदंशका कारण नागरिकको ज्यान जान थालेपछि उपचारका लागी उपचार केन्द्र सन्चालन तथा स्थापना कार्यलाई प्राथमिकता दिईएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्