२०७८ असार १० गते बिहिवार

वार्षिक परिक्षा शुल्क नउठाउन घोराही उपमहानगरको निर्देशन



१९ जेठ, दाङ –
घोराही उपमहानगरपालिकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिक्षा शुल्क न उठाउन निर्देशन दिएको छ ।

कोभिड १९ को कारण भौतिक रुपमा उपस्थित भएर परिक्षा सञ्चालन गर्ने नसक्ने अवस्था रहेकाले परिक्षा शुल्क नउठाउन भनिएको हो ।

नगर शिक्षा समितीको यही जेठ १८ गते वसेको बैठकले वार्षिक परिक्षा शुल्क नउठाउने निर्णय गरेको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुुभएको छ । त्यसै अनुसार कार्य गर्न समेत विद्यालयहरुलाई भनिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्