१९ जेठ, दाङ – भारतमा कोरानाविरुद्धको खोप लगाउनका लागि प्रोत्साहन दिनका लागि विभिन्न किसिमको उपायहरु गरिरहेको छ ।
उत्तर प्रदेशको एउटा जिल्लाले भने अनौठो उपाय अपनाएको छ । फिराजाबाद जिल्लामा प्रशासनले खोप नलगाउने सरकारी कर्मचारीलाई मे महिनाको तलब रोक्न आदेश दिएको छ । यस आदेशले कर्मचारीमा हलचल मचिएको छ ।
जिल्लाधिकारी चन्द्र विजय सिंहले ‘खोप लगाएको छैन भने तलब पनि छैन’ भन्ने मौखिक आदेश दिएको मुख्य विकास अधिकारी चर्चित गौरले बताउनुुभयो।
यस कुराका बारेमा जानकारी गराउनका लागि जिल्ला कोषाधिकारी समेत सम्पूर्ण विभागाध्यक्षलाई निर्देशित गरेको छ र त्यसलाई सूची बनाएर खोप सुनिश्चित गर्न भनिएको छ ।
जिल्लाधिकारीको उक्त मौखिक आदेशपछि सरकारी कर्मचारीहरुमा हलचल मच्चिएको छ । तलब रोकिने डरले उनीहरु खोप लगाउने कोशिशमा रहेको भारतिय संचार माध्यमले जनाइएका छन ।।