२०८० असोज १७ गते बुधवार

वडाध्यक्षमाथी प्रहरी दुर्ब्यबहारको बिरोधमा घोराहीका सबै वडा कार्यालय बन्द



 

१९ जेठ, दाङ –
वडाध्यक्षमाथी प्रहरी दुर्ब्यबहारको बिरोधमा घोराहीका सबै वडा कार्यालय बन्द गरिएका छन । बिपत्तिमा अहोरात्र खटिने घोराही १५ का ववडाध्यक्ष रमेश पाण्डेमाथी दुर्ब्यबहार गर्ने प्रहरी अधिकृतको हर्कत क्षम्य नहुने भन्दै घोराही उपमहानगरका १९ वटै वडा अध्यक्षहरुले वडा कार्यालय बन्द गरिएको हो ।

प्रहरी अधिकृतको हर्कतले बिपत्तिको बेलामा सेवा गर्न हिडेका वडाध्यक्षमाथिको प्रहरी ज्यादतीले सबैलाई दुखि बनाएको उल्लेख गर्दै बिरोधमा भएको वडा कार्यालय बन्दले जनतामा पर्न गएको असुबिधाप्रती क्षमाप्रार्थि रहेको वडा अध्यक्षहरुले उल्लेख गर्नुुभएको छ ।

घोराही उपमहानगरका प्रबक्ता तथा घोराही १८ का वडाध्यक्ष भरत अर्यालले वडा अध्यक्ष पाण्डेमाथी भएको प्रहरी दुर्ब्यबहारको बिरोधमा उपमहानगरका सबै वडा कार्यालय बन्द भएको बताउनुुभयो ।

जनताको काममा खटिरहेको समयमा प्रहरीबाट भएको अमानबिय ब्यबहारको राम्रो नभएको भन्दै उनले प्रहरीको ज्यादतिवाला गतिबिधिले प्रहरी मेरो साथी अभियानमा नकारात्मक शन्देश प्रबाह गरेको उनको भनाइ छ ।

अब खेतिपातीको समय सुरु भइरहेकाले मल, बिउबिजनको ब्यबस्था र समन्वय गरिदिनवडाध्यक्षहरु खटिरहेको उल्लेख गर्दै घोराही १५ का वडाध्यक्ष पाण्डे र आफुसंगै रहेको बेला नै प्रहरी दुर्ब्यबहार भइरहेको भन्दै प्रबक्ता अर्यालले प्रहरीको ज्यादती धेरै नै रहेकाले यसको बिरोध गर्दै गलत काम प्रहरीले सच्याउनु पर्ने बताउनुुभयो ।

कोरोना नियन्त्रणम खटिरहेको बेलावडाध्यक्ष पाण्डेमाथी प्रहरी निरीक्षक रामनारायण गुप्ताले कागजपत्र र परिचय पत्र देखाउदा देखाउदै पनि उनि चढ्ने स्कुटर नियन्त्रणमा लिएका हुन ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्