२०८० असोज १७ गते बुधवार

आज दाङमा ४३ जना थपिए,संक्रमितको संख्या ७ हजार ८२ पुग्यो



१७ जेठ,घोराही –
आज दाङका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा सय जनाको परिक्षण गर्दा १९ महिला र २४ पुरुष गरी ४३ जनामा संक्रमण देखिएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।

आज दिउसो ३ बजे सम्म केन्द्रले दिएको जानकारीका अनुसार घोराहीका २०, तुलसीपुरका १५, बबईका ३, राप्तीका २, दंगीशरण, शान्तिनगरका र लमहीका १/१ जनामा संक्रमण देखिएको छ । जिल्लामा बैशाखयता ७ हजार ८२ जनामा संक्रमण देखिएको छ । अहिले दाङमा सक्रिय संक्रमितको संख्या १ हजार ६१ जना रहेका छन् । ति मध्ये ९ सय २३ जना घरमा रहेका छन् भने १ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अन्य १ सय १७ जना सामान्य उपचारमा रहेका रहेका छन भने १५ जनाको आइसीयुमा उपचार भैरहेको छन् ।

यस्तै वितेको २४ घण्टामा ७८ जना निको भएका छन् । यो संगै जिल्लामा बैशाखयता अहिलेसम्म ५ हजार ८ सय ४४ जना निको भएका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्