१७ जेठ,घोराही – दाङमा भईरहेको लुम्बिनी प्रदेश अन्र्तगत रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । सोमवार विहान ९ बजेदेखी मतदान निर्धारित समय भन्दा अगावै सकिएको हो । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेको उपचुनावमा जम्मा दुई सय ९७ मत खसेको छ ।
जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले चुनाव बहिष्कार गर्नुभयो । अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौमा रहेकाले मतदान गर्न नआएको जनाइएको छ । प्रदेश सभा सदस्य ८३ जनाले नै मतदान गरेका छन । पालिकातर्फको तीन मत नखसेको हो । अहिले भरखर मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।