२०८० असोज १७ गते बुधवार

मतदान अपडेट : मात्र ७ मत खस्न बाकी



१७ जेठ, दाङ –
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि जारी उपनिर्वाचनमा अब ७ मत खस्न बाकी रहेको छ । बिहान ९ बजे देखी जारी मतदानमा अहिलेसम्म २ सय ९३ मत खसेको छ । कुल ३ सय मतदाता मध्ये अहिलेसम्म २ सय ९३ मत खसेको हो ।

प्रदेश सभा सदस्य ८३ जना सबैले मतदान गरिसकेको र स्थानीय तर्फको ७ मत खस्न बाकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । साथै मुख्यमन्त्री शङ्कर पोख्रेलले मतदान गरेका छन् । स्थानीय तर्फ भने हाल सम्म २१० खसेको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्