२०७८ माघ १३ गते बिहिवार

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुदैँ



१७ जेठ,घोराही –
दाङमा आज हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । लुम्बिनी प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको सवै तयारी पुरा भएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । मतदान विहान ९ बजेदेखी दिउँसो तिन बजे सम्म कर्मचारी मिलन केन्द्र घोराहीमा हुने भएको छ ।

मतदानका लागी तिन वटा मतदान केन्द्र तयार गरिएको छ । जसमा प्रदेश सभा सदस्यका लागी क , स्थानिय तहका प्रमुख तथा उपप्रमुखका लागी ख र कोरोना संक्रमित मतदाताहरुको लागी ग मतदान केन्द्र बनाईएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य पदका लागी नेकपा एमालेबाट चन्द्र बहादुर खड्का र नेपाली काग्रेसबाट दिर्घनारायण पाण्डे उम्मेदवार बन्नु भएको छ ।

काग्रेसबाट उम्मेदवार बन्नु भएका पाण्डेलाई माओवादी केन्द्र, जनता समाजबादी पाटी र जनमोर्चाको पनि समर्थन रहेको छ । लुम्बिनी प्रदेश सभाका ८३ जना र प्रदेशका १२ जिल्लाका स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी २९६ जना मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो । प्रदेशका स्थानिय तह अन्र्तगत एमालेका ९१, काग्रेसका ६४ , माओवादी केन्द्रका ३९ , जसपाका १३ , जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र चार जना मतदाता रहेका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्