१६ जेठ,घोराही –
दाङमा सर्पले टोकेर एक युवकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २५ वर्षिय टिकाराम डाँगीलाइ घरमै सुतेको अवस्थामा सर्पलेले टोक्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
आज दिउसोको समयमा कालीडूमिनी सर्पले टोकेर घाईते भएका सिंहको उपचारका लागि संशेरगंज लग्ने क्रममा बाटोमै अचेत भएपछि डाँगीलाई फर्काएर पुनः राप्ती प्रादेशिक अस्पतालमा ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको डिएसपी सिंहले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार