२०७८ असार १० गते बिहिवार

बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड



 

१५ जेठ,दाङ –
सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । त्यसमा संघले विनियोजन गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत रहेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुुभयो ।

पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात् २२ दशमलव ७ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७ अर्ब ९७ करोड अर्थात् १२ दशमलव ६ प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब तीन करोड अर्थात् २३ दशमलव पाँच प्रतिशत छ ।

वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालुतर्फ ३ खर्ब २५ अर्ब ७४ करोड अर्थात् ८४ दशमलव दुई प्रतिशत र पुँजीगतर्फ ६० अर्ब ९७ करोड अर्थात १५ दशमलव आठ प्रतिशत छ ।

यसमा खर्च जुटाइने स्रोतमध्ये राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ खर्ब ३७ करोड बेहोरिने अर्थमन्त्री पौडेलले बताउनुुभयो । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट बेहोर्दा ५ खर्ब ५९ अर्ब ३० करोड न्यून हुनेछ ।

त्यसमध्ये वैदेशिक ऋणबाट तीन खर्ब नौ अर्ब २९ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने अर्थमन्त्रीले बताउनुुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्