१५ जेठ,घोराही –
सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको घोषणा गर्नुभयो ।
गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्ष २०७६र७७ मा नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो ।
यसैगरी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान तथा अधिकृतको खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेको छ ।।
प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार