२०८० असोज १७ गते बुधवार

तुलसीपुर र घोराही कारागारबाट १७ जना कैदीबन्दी रिहा



१५ जेठ, दाङ –
दाङका १७ कैदीको कैद मिनाह भएको छ ।प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा तुलसीपुर कारागारबाट १२ र घोराही कारागारबाट ५ जना कैदीबन्दीको रिहा भएको हो ।

तुलसीपुरबाट रिहा हुनेहरुमा कर्तब्य ज्यान मुद्दाका ८ जना, सवारी ज्यान मुद्धाका २ जना, ज्यान मार्ने उद्योग र कुटपिट गरि व्यक्ती बेपत्ता पारेको अभियोगका १र१ जना कैदीको कैद मिनाह गरिएको हो ।

त्यस्तै घोराहीबाट कर्तब्य ज्यान, सवारी ज्यान र चोरी मुद्धाका ५ जनाको कैद मिनाह भएको हो । अहिले घोराहीमा ३०८ कैदी छन्, भने तुलसीपुरमा ४७८ कैदी छन् । ति मध्ये २७ महिला र ६ जना बालबालिका रहेका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्