२०७८ माघ ३ गते सोमवार

दाङको एक सहकारीबाट लाखौं रुपैयाँ चोरी



१५ जेठ, घोराही –
लकडाउनको मौकाछोपी दाङको एक सहकारीबाट लाखौं रुपैया चोरी भएको छ । गढवा गाउँपालिका–४ रामनगर स्थित ओम वचत तथा ऋण सहकारी संस्थाबाट करिव नगद ९ लाख रुपैयाँ बिहीबार राती चोरी भएको संस्थाका संचालक ओम चौधरीले जानकारी दिनुुभयो ।

अपरिचित व्यक्तिले उक्त सहकारीको झ्याल फोडेर प्रवेश गरी लकरमा रहेको उक्त नगद चोरेर फरार भएको ईलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बताउनुुभयो ।

चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्