२०७८ माघ १३ गते बिहिवार

दाङका तीन बालकको मृत्यु ‘निशास्सिएर’ भएको प्रहरीको निष्कर्ष



 

१३ जेठ ,घोराही । दाङको तुलसिपुरमा एउटै कार भित्र मृत अवस्था फेला परेका तीन बालकको मृत्यु निशास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । बालकको मृत्यु निशास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताउनुुभयो ।

‘ एक दूई दिन अगाडि मात्रै भिसेरा रिपोर्ट आयो,’ सिंहले भने ‘ त्यो रिपोर्टमा बालबालिकाको मृत्युको कारण (सोफोकेशन) निशास्सिएर भएर भन्ने खालको छ ।’ तीन बालकको मृत्यु अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निशास्सिएर भएको भन्ने उल्लेख रहेको डिएसपी सिंहलेबताउनुुभयो ।

लकडाउनको समयमा लामो समयदेखि बन्द कार भित्र खेल्दै गएका बालबालिका भित्र प्रबेश गरेपछि त्यहाँ गाडिबाट चुहिएको मोबिल लगाएतले मोनोअस्क्साईड निर्माणमा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।
बैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए । तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्