१३ जेठ, घोराही – दाङमा वितेको २४ घण्टामा २३३ जनाले कोरोनालाई जितेका छन । आज बिहिबार जिल्लामा थप ३८ जनामा संक्रमण देखिएकोमा २३३ जना संक्रमणुक्त भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले जानकारी दिएको छ । थप संक्रमणमुक्त हुनेमा घोराहीका १३०, तुलसीपुरका ७१, लमहीका १५, दंगिशरणका ५, राप्ती र शान्तिनगर ४/४ जना, बबईका ३ र बंगलाचुलीका १ जना रहेका छन् ।
बैशाखयता जिल्लामा अहिलेसम्म ५ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् । यस्तै आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १०० जनाको परिक्षण गर्दा १७ महिला र २१ पुरुष गरी ३८ जनामा संक्रमण देखिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।
थप संक्रमण हुनेमा घोराहीका ३०, राप्ती र दंगिशरणका २/२, तुलसीपुर, राजपुर शान्तिनगरका १/१ जना रहेका छन् । आज थपिएका संक्रमितसंगै बैशाखदेखि अहिलेसम्म ६ हजार ७४६ जनामा संक्रमण देखिएको छ । जिल्लामा अहिले १ हजार १३९ सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिले ९९३ घरमा, १३१ सामान्य र १५ जना आइसीयुमा रहेका छन् ।
यस्तै दाङका थप १ जना संक्रमितको निधन भएको छ । घोराही १० का ३७ वर्षको महिलाको निधन भएको छ । यससंगै जिल्लामा संक्रमणबाट मृत्यु हुने बैशाखदेखि हालसम्म १६४ जना पुगेको केन्द्रले जनाकारी दिएको छ ।।