२०७८ माघ १३ गते बिहिवार

लुम्बिनी प्रदेशको सभाहल निर्माण सुरु



१३ जेठ, दाङ –
स्थायी राजधानीमा लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक सञ्चालनको लागी प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । ५ करोड २१ लाखको लागतमा सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम सुरु भएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयाँले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनमा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणको काम चलिरहेको हो ।

राजधानीको निर्णय टुंगिएपछी स्थायी राजधानी तोकिएको क्षेत्रमा राजधानी संग जोडिएको गुरुयोजना निर्माण संगै पूर्वाधार निर्माण कार्य सुरु भएको हो ।

नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछी सभाहल निर्माणको काम सुरु भएको छ । राप्ती प्राविधिक शिक्षालय भित्र रहेको सभाहल सानो भएपछी नयाँ सभाहल आवश्यक परेको हो ।

चालु आर्थिक बर्ष भित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष छ । तर, लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाई हुने भएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्