२०८० असोज ६ गते शनिवार

आज इच्छुकको १९ औं स्मृति दिवस : औपचारिक कार्यक्रम नहुने



१३ जेठ,दाङ –
जनयुद्धका क्रममा सहीद भएका पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस यस बर्ष नमनाईने भएको छ । प्रत्येक बर्ष जेठ १३ गते नेपाल पत्रकार महासंघ ,प्रेस संगठन र जनसंस्कृतिक महासंघ दाङले संयुक्त रुपमा कार्यक्रम गर्ने गरेको भएपनि यस बर्ष कोरोनाले गर्दा ईच्छुकको १९ औं स्मृति दिवसमा कुनै कार्यक्रम नगर्ने भएको हो ।

महासंघका अध्यक्ष दुर्गालाल केसी र संगठनका अध्यक्ष प्रकाश चौधरीले हिजो विज्ञप्ति जारी गरि यस्तो बताउनुुभएको हो । पत्रकार कृष्णसेन इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा क्रुरतापूर्वक यातना दिएर हत्या गरिएको थियो । कोरोना संकट र जारी लकडाउनको समाप्ती पछि एक औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरणको कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ ।

सेनका साथै पत्रकार, कलाकार लगाएत सम्पुर्ण सहिदहरुले गरेको वलिदानका कारण आज हामी गणतान्त्रिक युवमा प्रवेश गरेको भन्दै आगामी दिनमा पत्रकारिता र साहित्य सिर्जना मार्फत निरन्तर जनताको पक्षमा आवाज उठाउने प्रतिवद्धता पनि व्यक्त विज्ञप्ति मार्फत गरिएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्