२०८० असोज १७ गते बुधवार

तुलसीपुरमा अक्सिजन प्लाण्ट जडानको कार्य सुरु



१३ जेठ,दाङ – राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लाण्ट जडानका लागि गृहकार्य सुरु भएको अस्पतालले जनाएको छ । अर्थ मन्त्रालयले एक करोड ५० लाख बजेटको सुनिश्चितता गरेपछि अक्सिजन प्लाण्ट र पाइप लाइन जडान गर्नका लागि अस्पतालले गृहकार्य सुरु गरेको हो ।

अक्सिजन प्लाण्ट र पाइप लाइनको दररेट लिइसकेकाले बिहीबार सम्म खरिदका लागि टेण्डर आब्हान गर्ने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट काम गर्नुगराउनु भन्ने व्यहोराको पत्र आइतबार आएपछि अस्पतालले उपकरण खरिदका लागि ७ दिने टेण्डर आब्हानको तयारी गरेको हो ।

असार महिनाको पहिलो हप्तादेखि संचालनमा ल्याउनेगरी तयारी थालेको अस्पतालले नयाँ जडान गर्न लागिएको अक्सिजन प्लाण्टबाट २४ घन्टामा ७५ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्ने बताएको छ ।

जेठ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सहित १२ वटा अस्पतालका लागि १६ करोड ८० लाख बजेट छुट्याउने निर्णय गरेको थियो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्