२०७८ असार १० गते बिहिवार

‘यास’ चक्रवातकाे प्रभावले देशभर वर्षा, जेठ १५ सम्म सतर्कता अपनाउन अनुराेध



१३ जेठ,घोराही – बंगलदेशकाे खाडीमा उत्पन्न भएकाे ‘यास’ चक्रपातका कारण नेपालकाे अधिकांश भागमा प्रभाव पर्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज जेठ १३ गते बिहीवार देखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा वर्षाकाे सम्भावना रहेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र ‘यास’ नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर मौसममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको हो ।

जल तथा मौसम विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षाका साथै चट्याङ समेत पर्ने सम्भावना रहेको छ । उच्च बेगको हावाहुरी आउने सम्भावना समेत सो स्थानमा रहेको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, गण्डकी, बागमती र प्रदेश १ का हिमाली तथा उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्