१२ जेठ,घोराही – देशभर पछिल्लो २४ घण्टामा थपिने संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १६ सय ७३ ले घटेको छ।
बुधबार (आज) १९ हजार ३५२ जनाको परीक्षण गर्दा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मंगलबार चाहिँ २२ हजार ९३६ जनाको परीक्षण गर्दा ८ हजार ३८७ जनामा संक्रमण देखिएको थियो। पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् भने १४५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कूल सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार ७७ रहेको छ ।।
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार