२०८० असोज १७ गते बुधवार

दाङमा आज थप २ जना कोरोना संक्रमितको मृत्युु



१२ जेठ,घोराही –
दाङमा वितको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । आज (बुधबार) मृत्यु हुनेमा गढवा र दंगीशरण गाउँपालिकाका १÷१ जना पुरुषको मृत्यु भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ । कोरोना विशेष अस्पताल वेलझुण्डीमा उपचाररत दंगीशरण ५ का ४० वर्षयि पुरुषको उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस्तै गढवा गाउँपालकिा वडा नंम्बर १ का ४० वर्षयि पुरुषको लमहीको रातोडाँडामा संचालित कोरोना अस्पतालमा मृत्यु भएको हो । आज थप दुई जनाको मृत्यु भएसंगै जिल्लामा बैशाखयता मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्