२०७८ माघ १३ गते बिहिवार

दाङ दारी ग्याङद्धारा ईटा सहयोग



१२ जेठ,तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ३ लाहुरैचौर सिरखोला स्थित दलबहादुर साहुको घरपरिवारलाई सहयोग आइरहेको छ । केहि समय अघि घरपरिवार बिचल्लीमा परेको भन्ने कुरा मिडियाका माध्यमहरुबाट सार्वजनिक भएपछि अहिले उहालाई सहयोग जुट्न थालेको हो ।

१०/१२ बर्षदेखि भोगचलन गदै आएको जग्गा भूमि आयोगले नापी ल्याएर नाप्दा अर्कैको परेपछि उनीहरुले नजिकै खरले छाएको घर बनाएर बस्दै आएका थिए । तर उक्त घरमा हावापानीले क्षति पु¥याएपछि छिमेकीको घरमा बस्दै आएका उनीहरुको घरकोलागी दाङ दारी ग्याङ ग्रुपले आज घर बनाउन को लागि २ हजार ईटा सहयोग गरेको छ । उनीहरुलाई खानाको समस्या भएको भन्दै खाद्यन्न सामाग्री सयोग गरिसकेको समायोजक सन्तोश भण्डारी(चरी)ले बताउनु भयो।।

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्