२०८० असोज ६ गते शनिवार

दाङमा आज ६ सय ६९ जना कोरोनाका विरामी निको



 ११ जेठ,घोराही – दाङमा केहिसमय यता कोरोनाबाट निकोहुनेको संख्या बढ्दै गएको छ । आज पनि संक्रमितको संख्या भन्दा निकोहुनेको संख्या बढेर गएको छ । जिल्लामा २५९ जनामा संक्रमण देखिदा ६६९ संक्रमित निको भएका छन् । आज ३७० जनाको परिक्षण गर्दा २५९ जनामा संक्रमण देखिएकोे जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।

१४० जना पुरुष र ११९ जना महिला संक्रमित थपिएकान छन भने आज ३४८ पुरुष र ३२१ महिला निको भएका छन । होमआईशोलेसनमा बसेका ६५१ जना, कोरोना विशेष अस्पताल बेलझुण्डी,लमही आईशोलेसन र दंगीशरण आईशोलेसनका ४/४ जना ,तुलसीपुरको मेट्रो अस्पताल, शान्तिनगरको आईशोलेसन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही २/२ जना विरामी निको भएको केन्द्रले जनाएको छ ।
यससंगै जिल्लामा बैशाखयता ६ हजार ३ सय २२ जनामा संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १३ रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्