२०८० असोज ६ गते शनिवार

दाङमा झुन्डिएको अवस्थामा दुई जना मृत फेला



११ जेठ,घोराही – दाङमा दुई जना रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती संगै एक महिला झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुुभयो ।

मृतक महिलाको अहिले सम्म पहिचान खुलेको छैन । विबाहित घर्ती केहि समय देखि मृतक महिलाको प्रेम सम्बन्धमा रहेको बुझिएको छ । गत ८ गते शनिबार घरबाट निस्किएका घर्ती तीनदिन पछि घर देखि करिव ३०० मिटर टाढा आँपको रुखमा झुन्डिएको अवस्थामा आज (मंगलबार) विहान साढे ६ बजेको समयमा शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याईएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्