११ जेठ,प्युठान – प्युठानमा एकै घरका छोराछोरी सहित एक महिला झुन्डिएको अवस्थामा फेला परेका छन् । प्युठान नगरपालिका २ चितिखोलाकि करिब २६ बर्षिय गायत्रि सुनार सहित उनकी ५ बर्षकि छोरी प्रकृति सुनार र २ बर्षिय छोरा सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुनिल मल्लले जानकारी दिनुुभयो ।
हिजो (सोमबार) साँझ घरबाट माईत जान्छु भनि हिडेकी सुनार प्युठानमा नगरपालिका–१ चेरनेटा नजिक झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको श्रिमान रोजगारिको सिलसिलामा भारतमा रहेका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार