२०७८ असार १० गते बिहिवार

विश्वभर संक्रमित र मृत्यु घट्दै, एकैदिन ८ लाख काेराेनामुक्त



११ जेठ,घोराही – विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार ६ सय २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ८ हजार ६२२ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ३३ हजार ६२८ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । केही दिनदेखि विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको विश्व स्वास्थ्य संगठनको अपडेटले देखाइरहेको छ ।

त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । हालसम्म विश्वभर १६ करोड ७९ लाख ६८ हजार ६२८ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ९३ लाख ७५ हजार ६८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ८ लाख भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

मंगलर बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ८४ हजार ६६८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्