२०७८ माघ १३ गते बिहिवार

कोभिड १९ सम्बन्धी अध्यादेश उल्लङ्घन गर्नेलाई १ वर्षसम्म कैद र ५ लाखसम्म जरिबाना



१० जेठ,घोराही– कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सोमवार विज्ञप्ति निकालेर अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुने जानकारी गराएको हो । अध्यादेशअनुसार जारी भएको मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुवै सजाय हुन सक्ने समेत जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्