२०७८ माघ १३ गते बिहिवार

एमाले सचेतक शान्ता चौधरीले फिर्ता गरिन् संसदको गाडि



९ जेठ,काठमाडौं – प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् ।

जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् । ‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले भनिन् ।

संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ । प्रतिनिधि सभाको समितिका सांसदहरुले पनि गाडी फिर्ताको तयारी गरेका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्