२०७८ माघ १३ गते बिहिवार

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४८ जना संक्रमणमुक्त



८ जेठ,घोराही – पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ। जसमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५७ पीसीआर र ७४८ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्