२०७८ माघ ९ गते आइतवार

बितेको २४ घण्टामा दाङका थप ६ जनाको मृत्यु



८ जेठ,घोराही । कोरोना संक्रमणबाट दाङमा थप ६ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार बितेको २४ घण्टामा पाँच पालिकाका ६ जनाको संक्रमणबाट निधन भएको हो ।

कोरोना संक्रमणबाट थप मृत्यु हुनेमा राप्ती गाउँपालिकाका २, घोराही, तुलसीपुर, बबई र गढवाका १÷१ जना रहेका छन् । संक्रमणका कारण तुलसीपुर–७ का ६२ वर्षका पुरुष, घोराही–१४ का ४८ वर्षिय महिला, बबई–७ का ५१ व्र्षिय महिलाको कोरोना विषेश अस्पतालमा मृत्यु भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राप्ती गाउँपालिका वडा नम्बर ३ का ७४ वर्षका पुरुष र सोहि ठाउँकै ६४ वर्षिय पुरुषको कोरोना अस्पताल लमहीमा उपचारको क्रममा निधन भएको केन्द्रले जनाएको छ ।

कोरोना संक्रमणबाट गढवा–७ का ५५ वर्षका पुरुषको पनि निधन भएको छ । यससंगै बैशाखयता जिल्लामा कोरोना संक्रमणबाट १ सय ५४ जनाको निधन भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्