८ जेठ,घोराही । दाङमा शनिबार (आज) पनि कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । बितेको २४ घण्टामा जिल्लामा १६० जनामा संक्रमण देखिएकोमा ३७५ जना संक्रमणमुक्त भएका छन् ।
शनिबार ९आज० संक्रमणमुक्त हुनेदर जिल्लामा थपिनेको तुलनामा दोब्बरले बढी देखिएको छ । संक्रमणमुक्त हुने सबैभन्दा धेरै तुलसीपुरका रहेका छन् । तुलसीपुरका २३३ जना आज एकैदिन संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ९७ जना महिला र १३६ जना पुरुष संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी घोराहीका ६२ महिला र ५३ पुरुष गरी ११५ जना आज एकैदिन संक्रमण मुक्त भएका छन् । त्यसैगरी बबईका १०, लमहीका ९, बंगलाचुलीका ७, शान्तिगर र दंगीशरणका ४÷४ र राप्तीका ३ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा बैशाखयतामात्रै ४ हजार ३८ पुगेको छ ।