२०८० असोज १७ गते बुधवार

विपक्षीभन्दा १० मिनेट पहिले नै ओली शीतलनिवास पुगे



७ जेठ,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। उनी पनि सरकारको दाबी लिएर शीतल निवास पुगेका हुन् । ओली विपक्षी गठबन्धनभन्दा १० मिनेट पहिले नै शीतल निवास पुगेका बताइएको छ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव र एमालेको माधव नेपाल समूहका १४९ सांसदको हस्ताक्षर लिएर नयाँ सरकारको दाबी गर्दै विपक्षी दलहरु पनि राष्ट्रपति भवन शीतलनिवास गएका छन्।

कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकपछि उनीहरु शीतलनिवास गएका हुन्। उनीहरुले संविधानको धारा ७६ (५) बमोजिम सरकारको दाबी गर्ने बताइएको छ।

उनीहरुबीच सहमति भए पनि कसको नेतृत्वमा सरकार बन्ने बारेमा भने केही खुलाएका छैनन्। बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले सहमति भइसकेको बताए। उनले १४९ जना सांसदको हस्ताक्षर भएको पनि जानकारी दिएका छन्।

जस मध्ये एमालेको माधव नेपालसमूहका २७ जना सांसद रहेका छन् भने जसपाका १३ सांसदले साथ दिएका छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्