२०८० असोज ६ गते शनिवार

दाङमा आज १ सय ७६ जना संक्रमण मुक्त



७ जेठ,घोराही – वितेको २४ घण्टामा दाङका १ सय ७६ जना संक्रमण मुक्त भएका छन् । बैशाखयता मात्रै दाङमा ३६ सय भन्दा धेरै कोरोनाका विरामी निको भएका छन् । योसँगै वितेको ३८ दिनमा ३ हजार ६ सय ४३ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै आज थप १ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा आज १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ सय ५० जनाको स्वाब परिक्षण गर्दा ९५ जना महिला र ८४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख १ गते यता अहिलेसम्म ६ हजार ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले संक्रिय संक्रमितको संख्या २ हजार ४ सय ११ जना रहेको छ । कोरोनाका सक्रिय विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ सय ६८ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार २ सय ४३ जनासंक्रमित घरमै बसेका छन ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्