२०७८ असार १० गते बिहिवार

नव गायका तथा श्रजक नेपालीले ल्याए ‘माली गाई’ (भिडियो सहित)



६ जेठ,घोराही । नव गायका तथा श्रजक धनराज नेपालीले लोक दोहोरी गीत ‘माली गाई’ बजारमा ल्याएका छन् । गायक नेपालीको आफ्नै शब्द र रहेको गितमा गायीका सुनिता बुढा क्षेत्रीले स्वारमा साथदिएकी छन् । मालश्री मिक्सिङ स्टुडियामा रकर्ड गरेको गितमा मन्जित पहाडीले लय भरेको छन् । गितको एरेन्जर चर्चित संगीतकार एवं गायक बिनोद बाजुरालीले गरेका हुन।

“गाउँले ठिटो म त सहरतिर पसे,शहरिया कान्छी को लौ मायाजालमा फसे, हे माली गाई चरेको भिर,मायालु जान्छेउ कि गाउँतिर”, जस्ता सरल र ओजिला शब्द रहेका छन । गीत र म्युजिक भिडियोमा मूख्यतः युवा–युवतीको माया–प्रेमलाई देखाइएको छ ।

अहिलेका लोकप्रिय मोडल धुर्व हिमाली र रुविना अधिकारीको अभिनय रहेको भिडियोकोे निर्देशन निसान बानिँयाले गरेका छन् । उक्त भिडियोको छायाङकन बिरेन्द्र भट्टले गरेका छन भने सम्पादन शिब पौडेलले गरेका हुन । पानस डिजीटल प्रा.लि मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियो पानस फिलिम्स नामक युटुव च्यानलमा राखिएको छ ।।

हेर्नुुहोस पुरा भिडियो…

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्