२०८० असोज १७ गते बुधवार

निषेधाज्ञापछि इन्टरनेट प्रयोगकर्ता बढे



६ जेठ,घोराही – कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै नियन्त्रणका लागि सरकारले सबै जिल्लामा निषेधाज्ञा लागू गरेको छ।

निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै कार्यालय बन्द भएका छन्। यसरी सबै क्षेत्र बन्द भएकाले मानिस घरमा बस्दा अन्य समयभन्दा इन्टरनेट धेरै खपत हुन थालेको छ।

निषेधाज्ञा नहुँदा दिउँसो मानिस विभिन्न काममा व्यस्त हुने भएकाले इन्टरनेट खपत कम हुन्थ्यो। तर, निषेधाज्ञापछि दिउँसो इन्टरनेट धेरै खपत हुन थालेको इन्टरनेट सेवाप्रदायक कम्पनीले बताएका छन्।

पछिल्लोपटक निषेधाज्ञा जारी भएको दुई हप्तामा इन्टरनेट प्रयोगकर्ता २५ देखि ३० प्रतिशतले वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का सुधीर पराजुलीले बताउनुुभयो।

उहाँका अनुसार निषेधाज्ञामा सबै मानिस दिउँसो घरमै बसेर नेट चलाउने भएकाले खपत बढेको भए पनि बेलुका चाहिँ कम रहेको छ।

यता नेपाल दूरसञ्चार प्राधिकरणले भने निषेधाज्ञा अवधिमा खपतसँगै इन्टरनेट सेवाका ग्राहकसमेत करिब १२ प्रतिशतले बढेको जनाएको छ। दूरसञ्चार प्राधिकरणले १२ प्रतिशतले ग्राहक बढेको जनाए पनि वास्तविक ग्राहक वृद्धिदर १० प्रतिशतमात्र रहेको अध्यक्ष पराजुलीको भनाइ छ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्