२०८० असोज १७ गते बुधवार

दाङमा जंगली जनावर सामर फेला



५ जेठ,घोराही-दाङमा घाईते अवस्थामा रहेको सामर जातको भाले जंगली जनावर फेला परेको छ । आज विहान ८ बजेको समयमा गढवा गाउँपालिका वडा नं.८ कोईलाबास स्थित कोईलाबास बजारमा  घाईते अवस्थामा रहेको सामर फेला परेको ईलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनुुभयो ।
उक्त सामरलाई उद्धार गरी सव–डिभिजन वन कार्यालय गढवाका कार्यालय प्रमुख ओम बहादुर वलीको जिम्मा लगाईएको प्रहरी निरीक्षक  भट्टले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्