२०७८ असार १० गते बिहिवार

कोरोना संगै तड्पिएका कृषकहरु



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले मानव जिवनलाई निकै प्रभावित पारिरहेको छ । यसको रोकथाम तथा नियन्त्रणको लागि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । यो समयमा हरेक क्षेत्र सुस्ताएको छ । त्यस मध्यको कृषि क्षेत्र पनि चलायमान बन्न सकेको छैन भने कृषकलाई पनि सास्ति भोग्नुु परेको छ । कृषि,पशुधन,कृषि ब्यबसाय,खाद्य सुरक्षा र नेपालको अर्थब्यबस्थामा यो भाइरसको प्रभाव अत्याधिक बढीरहेको छ।

कोरोना महामारिको कारण कृषि बाली लगाउने कार्य समयमै सन्चालन गर्न नसकिने अवस्था छ। उक्त महामारिले खाद्य उत्पादन र सुरक्षामा गम्भीर प्रभाब पार्ने सम्भाबना बढी छ। कोरोना माहामारिले क्षतिग्रस्त उत्पादन र बितरणको साथसाथै बजारको आपूर्तिमा प्रत्यक्ष हस्तक्षेप गर्दछ र जस्ले गर्दा श्रमको अभाब उत्पन्न हुने प्रबल सम्भावना छ।यस भाइरसको प्रकोपका कारण देसले आर्थिक गतिविधिमा सबैभन्दा अप्रत्याशित र बृहत समापनको सामना गरिरहेको छ।

कोरोना महामारिकै कारणले कृषि उत्पादनका लागि आबस्यक महत्त्वपूर्ण सामानहरु कृषकहरुले पाइरहेका छैनन।कुनै पनि प्रमुख बालीको असमयानुकुल खेतिले समग्र कृषि,उत्पादन अनि जनजिबिकामा दीर्घकालीन प्रभाव पार्न सक्छ।बन्दाबन्दिको परिणाम स्वरुप रोजगारी र आम्दानिको अनुचित ब्यबस्थापनले हामी जस्तो आर्थिक हिसाबले कमजोर जनसंख्याहरुलाइ थप खाद्यान्न र पौस्टिक असुरक्षामा धकेलिरहेको छ।

सिमा नाका बन्द,आन्तरिक बन्दाबन्दी र निशेधाज्ञाका कारण धेरै मानिसहरुलाइ स्वस्थ पौस्टिक आहारको अभाब भइरहेको छ र किसानहरु आफ्नो उत्पादन बजारमा पुर्याउन कठिनका साथ लागि परेका छन।समयमै किसानलाइ आबस्यक पर्ने सामग्रीहरुको उपलब्धता नहुनु र उपलब्ध भयपनी किसानहरुले सहज रुपमा बीउ,मल खरिद र बिक्रि गर्न नपाउनुका कारण कृषि क्षेत्रमा ठुलो नोक्सानी भइरहेको छ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्