२०७८ माघ ३ गते सोमवार

आज देशभर ८ हजार २०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु



४ जेठ,घोराही – कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ भने ८ हजार २०३ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर २० हजार ९७९ जनाको स्वाब परीक्षण गर्दा ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १९६ जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ। आज ६ हजार ८९१ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्