२०७८ माघ ९ गते आइतवार

तुलसीपुरका ५ जना सहित दाङमा थप १० जनाको मृत्यु



४ जेठ,घोराही- दाङमा वितेको २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुसीपुरका ५ जना सहित घोराही र बबईका २/२ जना र दंगीशरणका एक जना रहेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।आज (मंगलबार) तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का ४८ वर्षिय महिला,वडा नम्बर १० का ३८ वर्षिय महिला,वडा नम्बर ५ का ४७ वर्षिय पुरुष को मृत्यु भएको हो ।

त्यसैगरि तुलसीपुरकै वडा नम्बर ७ का ५५ वर्षिय पुरुष र वडा नम्बर १९ का ७८ वर्षिय पुरुषको मृत्युु भएको केन्द्रले जनाएको छ । यस्तै यता घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ९७ वर्षिय महिला र ७८ वर्षिय पुरुषको कोरोनाकै कारण आज मृत्यु भएको छ ।

उता बबई गाउँपालिका वडा नम्बर २ का ५० र ६० वर्षीय पुरुष लगाएत दंगीशरण गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षिय पुरुषको पनि आज नै मृत्युु भएको छ । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण मृत्युहुनेको संख्या १ सय ३४ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्