२०८० असोज १७ गते बुधवार

मंगलबार दाङका थप २ सय ५० जनामा कोरोना पुष्टि



४ जेठ,घोराही- आज एकैदिन दाङका २ सय ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३ सय ५० जनाको स्वाब परिक्षण गर्दा १ सय १५ जना महिला तथा १ सय ३५ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ५ हजार ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै अर्कोतिर बैशाखयता मात्रै दाङमा झण्डै ३ हजार कोरोनाका विरामी निको भएका छन् । आज निको भएका १ सय ९९ जनासहित २ हजार ९ सय ७५ जना संक्रमण मुक्त भएका छन् ।

अहिले संक्रिय संक्रमितको संख्या २ हजार ५ सय २५ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ सय ६४ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ३ सय ६३ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्