२०८० असोज ६ गते शनिवार

अबैधरुपमा काठ निकासी गर्ने बसका चालक सहित सात जना पक्राउ



४ बैशाख,घोराही-दाङमा अबैधरुपमा काठ तस्करीमा संलग्न भएको अभियोगमा एउटा बस सहित ७ जना पक्राउ परेको छन् । तुलसीपुर उपमहानगरपालिका ३ भगवती टोलबाट रा १ ख २३७५ नम्बरको बस सहित ७ जना काठ तस्करलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

३६ दशमबल ७२ क्युफिट सालको चिरान काठ बसमा लोड गरी तुलसीपुर तर्फ ल्याउदै गरेको अबस्थमा स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ पर्नेमा तुलसीपुर ६ का विजय चौधरी, शिव परियाार, समिर चौधरी, सन्तोष चौधरी, चुमान सिंह चौधरी, बस चालक मजोज चौधरी र श्यामलाल चौधरी रहेका छन् ।

उनीहरुलाई थप कार्वाहीका लागि सव डिभिजन वन कार्यालय तुलसीपुरमा पठाएको प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभएको छ । लकडाउनको मौका छोपी तस्कारले अबैधरुपमा काठ निकासी गर्दै आएका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्