२०८० असोज १७ गते बुधवार

घरघरमै पुगेर स्वाव संकलन गर्न सुरु



३ जेठ,घोराही – घोराहीमा घर घरमै पुगेर स्वाव संकलन गर्न थालिएको छ । रोटरी क्लव अफ दाङ र वि.एस. डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक प्रा.लि.को सहकार्यमा घर घरमै पुगेर पिसिआर जाँच गर्ने अभियानको आजदेखी सुरुवात गरिएको हो ।

कोरोना परिक्षणका लागी संक्रमणको सङ्का भएका नागरिकहरु निकै लामो लाइनमा लाग्नु पर्दा त्यसले विरामीलाई झनै सास्ति हुने भएकाले घरघरमै पुगेर स्वाव संकलन गर्ने अभियान थालिएको यस अभियानका कोर्डिनेटर मिनराज भाटले जानकारी दिनुभयो ।

अन्य निजी स्वास्थ संस्थाले घरमै पुगेर कोरोना जाँच गरेको शुल्कभन्दा सर्भसुलभ मुल्यमा पिसिआर परिक्षण भैहेको भाटले जानकारी दिनुभयो । महामारीसँगै सुरु भएको लकडाउनको समयमा नागरिकलाई सहजता प्रदान गर्न घरमै पुगेर स्वाव संकलन गर्ने काम गर्न थालिएको हो । घरमै पुगेर कोराना जाँच गरेको शुल्क पोलिक्लिनिकले २ हजार रुपैया लिने जनाईएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्