२०८० असोज १७ गते बुधवार

दाङमै रगत बर्गिकरण : रातो, सेतो रगत र प्लेटलेट सहजै पाईने



२ जेठ,घोराही- दाङमा आबस्यकता अनुसार रगत छुट्याएर विरामीलाई उपलब्ध गराईने भएको छ । नेपाल रेडक्रस सोसाईटी द्धारा सञ्चालित रक्त सञ्चार केन्द्र घोराहीले रगतको बर्गिकरण गरेर प्याक सेल, प्लाज्मा र प्लेटलेट उपलब्ध गराउने भएको हो ।

रगतमा रहने प्याक सेल, प्लाज्मा र प्लेटलेट (रातो रगत, सेतो रगत र रगत जमाउने तत्व) छुट्याएर विरामीलाई उपलब्ध गराउने केन्द्रका इन्चार्ज दिलिप न्यौपानेले जानकारी दिनुभएको छ । यस अघि यी रगत आबस्यक परे जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । पोलेका व्यक्ति, सिकलसेल, थाल्सेमियाका बिरामीलाई रातो रगत, धेरै रगत बेगमा सेतो रगत र सेतो रगत बढी भए रातो रगतको आबस्यक पर्ने गरेको इन्चार्ज न्यौपानेको भनाई छ ।

अब बिरामीको आबस्यकता अनुसार रगत छुट्याएर दिन सक्ने गरि सेवा सुरुवात भएको उहाँले बताउनुभयो । एउटा व्यक्ति बाट यस अघि ३ सय ५० एमएल रगत निकालिन्थ्यो भने अब रगत छुट्याउनका लागि थप एक सय एमएल गरि ४ सय ५० एमएल रगत निकालिने छ । अर्को तर्फ कोरोना संक्रमित भइ निको भएका विरामीको प्लाज्मा पनि अर्को संक्रमितलाई दिन सकिने गरी तयारी भएको केन्द्रले जनाएको छ ।

संक्रमित भइ निको भएका व्यक्तिको एन्टीबडी जाँच गरेर संक्रमितलाई प्लाज्मा दान गर्न सकिने र आफुहरु त्यसका लागि तयार रहेको इन्जार्च न्यौपानेले जानकारी दिनुभएको छ । बाहिरी जिल्लामा प्लाज्मा दान हुदै आए पनि दाङमा भने अझै प्रयोगमा आएको छैन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्