२०७८ असार ११ गते शुक्रवार

निषेधाज्ञाको असर: दैनिक १० करोड रुपैयाँको दूधले बजार पाएन



२ जेठ घोराही – दूध तथा दुग्धजन्य पदार्थ खपतमा ६० प्रतिशतसम्म गिरावट आएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले निम्त्याएको परिस्थितिका कारण अहिले हरेक दिन १० करोड रुपैयाँ बराबरको दूधले बजार नपाएर खेर गइरहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ ।

यस्तै निषेधाज्ञाका कारण निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर झण्डै तीन अर्ब रुपैयाँ बराबरको पाउडर दूध र बटर मौज्दात छ । किसानको मनोबल उच्च बनाउन सरकारले यस पटकको बजेटमा नै विशेष राहत प्याकेज ल्याउनुपर्ने एसोसिएसनका महासचिव प्रह्लाद दाहालको भनाइ छ । पुरानो मौज्दात रहेको दुग्ध पदार्थ, धुलो दूध र बटरसमेत बिक्न नसकेकाले किसानले समयमा पैसा पाउन नसकेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्