२०७८ असार ८ गते मङ्गलवार

दाङमा आइतबार १ सय २९ जनाले जिते कोरोना



२ जेठ,घोराही – दाङमा आज (आईतबार) १ सय २९ जनाले कोरोनालाई जितेका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार आज कोरोना संक्रमण मुक्त भई १ सय २९ जना डिस्चार्ज भएका हुन् । यो संगै बैशाखयता जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ५४ पुगेकोे छ ।

जिल्लामा २ हजार ३ सय ३४ सक्रिय संक्रमित रहेका छन् । यो संगै वैशाखयता कुल संक्रमितको संख्या ४ हजार ६ सय ८८ जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्