२०७८ असार ९ गते बुधवार

अत्यावश्यक सामग्री आपूर्ति गर्न सीसीएमसीको निर्देशन



२ जेठ,काठमाडौं । आज (आईतबार) बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले अक्सिजन प्लान्ट, सिलिन्डर र कोरोनाविरुद्धको खोप तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न निर्देशन दिएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले उक्त निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार समस्याको रुपमा रहेको अक्सिजनको उत्पादन बढाउन विद्युत्को चार्ज छुट दिने निर्णय भएको छ ।

त्यस्तै, लिक्विड अक्सिजन आपूर्तिका लागि भारतसँग निरन्तर कूटनीतिक पहल पनि भइरहेको उनले बताए । सिलिन्डरको समस्या समाधान गर्न चीन र ओमानबाट पनि अक्सिजन सिलिन्डर मगाइरहेको उनले बताए । निजी क्षेत्रले सिलिन्डर ल्याइरहेकाले अब अक्सिजनको अभाव नहुने उनको दाबी छ ।

त्यस्तै, महामारीविरुद्ध लड्नका लागि केही कानुन आवश्यक परेकाले तयारी गर्न सम्बन्धित निकायलाई भनिएको उनले जानकारी दिए ।

बाह्रखरीबाट

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्