२०७८ असार ८ गते मङ्गलवार

निजी क्षेत्रले ल्यायो दाङमा रेम्डिसिभिर



१ जेठ, दाङ । निजी क्षेत्रको पहलमा कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर दाङमा ल्याइएको छ । थोक औषधि व्यवसायी संघ लुम्बिनीको समन्वयमा ल्याइएको औषधि घोराहीको कालिका मेडिकलमा उपलब्ध हुने छ भने चिकित्सकको सिफारिसका आधारमा मात्रै बिक्री गरिनेछ ।

यो औषधिको कालोबजारी भइरहेको बेला दाङमा भने सरकारी मूल्यभन्दा घटाएर बिक्री गरिने डिकलका सञ्चालक बद्री खड्काले बताउनुुभयो ।उहाँका अनुसार सरकारले प्रतिभाइल चार हजार ९०० रुपैयाँ बिक्री मूल्य तोकेको भए पनि नाफा नखाइ खरिद मूल्य अर्थात् प्रतिभाइल चार हजार ८०० मै उपलब्ध गराइने छ ।

आयान हेल्थ केयर प्रालिले बंगलादेशबाट २२ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो । आयानले यही मे २५ तारिखभित्र थप २५ हजार भाइल रेम्डेसिभिर आइपुग्ने जनाएको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेम्डेसिभिर औषधिको अभाव नहुने भन्दै कोही कसैले अनावश्यक रुपमा औषधि घरमा लगेर नराख्न र कालोबजारीलाई प्रोत्साहित हुने कार्य नगर्न आग्रह गर्नुुभएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्