२०७८ असार ८ गते मङ्गलवार

दाङ उ.वा.संघद्धारा १ सय १२ अक्सीजन सिलीण्डर प्रदान



१ जेष्ठ,दाङ –दाङ जिल्ला उद्योग बाणिज्य संघले जिल्लाका विभिन्न अस्पताल तथा विरामीलाई १ सय १२ वटा अक्सीजन सिलीण्डर प्रदान गरेको छ । संघले थालेको एक हजार रुपैया अभियान अन्तर्गत आज १ सय १२ वटा अक्सिजन सिलिन्डर जिल्लाका विभिन्न अस्पतालाइ प्रदान गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभयो ।

सुनसरी बिराटनगर बाट ५ दिनको अनबरत प्रयास पछि रिफिल गरि अक्सिीजन सिलीण्डर ल्याउन सफल भएको संघले जनाएको छ । आज ३० वटा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा, ६० वटा कोरोना विशेष हस्पिटल बेलझुण्डीमा लमही अस्पतालमा १० वटा, शान्तीनगर गापामा ५ वटा, र बाँकी ७ वटा बिरामीलाई उपलब्ध गराएको महासचिव वुढाथोकीले बताउनु भयो । संघले सबैको सहयोगको कारण नै अक्सीजन सिलीण्डर ल्याउन सफल भएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्